वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर
काठमाडौँ : पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथमार्फत काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको छ। गत भाद्र १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बिचमै रोकिएका थिए। आपूर्ति सहज बनाउन निगमले तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौँ भित्र्याउन थालेको हो। निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५ सय र भदौ १९ गते करिब ३४ हजार १ सय ३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ।
