विकसित मुलुकले नेपाललाई भोटेकोशी बाढीको क्षतिपूर्ति दिनुपर्छः पोखरेल
काठमाण्डु– एमाले महासचिव शङ्कर पोखरेलले भोटेकोशीमा आएको बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै त्यसबाट भएको क्षतिको क्षतिपूर्ति नेपालले विकसित मुलुकहरूबाट माग्नुपर्ने बताएका छन् । उनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको असर भने हिमाली मुलुकका रूपमा गम्भीर रूपमा व्यहोर्नुपरेको बताए ।
