SHARE
कालिका खबर · शनिबार २० भौ २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि पठाइएका राहत खाद्य सामग्रीमा म्याद गुज्रिएका वस्तु भेटिए

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षणका क्रममा म्याद गुज्रिएका तथा म्याद सकिन लागेका खाद्य वस्तु भेटिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले २०८३ भदौ १९ गते विभिन्न पाँच स्थानमा राहत खाद्य सामग्रीको निरीक्षण गरेको हो।