SHARE
कालिका खबर · शनिबार २० भौ २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

उपत्यका बाहिर ‘बोटलिङ’ गरी खाना पकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै

चितवन : पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा भएको ग्यासको अभाव हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन् ।नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन् । संघका पूर्वअध्यक्ष भण्डारीका अनुसार संघीय राजधानी बाहिरका उद्योगमा खाली सिलिन्डर कम छ । संघीय राजधानीमा खाली भएका सिलिन्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनु पर्ने हुन्छ ।