तिब्बतमा बाढीको वास्तविक अवस्था चीनले लुकाएको आरोप
काठमाण्डु – गत साता आएको विनाशकारी बाढीमा चीनतर्फको तिब्बत क्षेत्रमा सयौँ घर ध्वस्त भएको दाबी गर्दै एक तिब्बती अधिकारवादी समूहले विपत्तिको वास्तविक आकारबारे बेइजिङले दिएको आधिकारिक विवरणमाथि प्रश्न उठाएको छ । अचानक आएको बाढीबारे सार्वजनिक बहसलाई प्रतिबन्धित गरिएको छ ।
