एनसेलले बाढी प्रभावित क्षेत्रमा थप ७ दिन निःशुल्क सेवा उपलब्ध गराउने
काठमाण्डु– एनसेलले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले निःशुल्क सेवा भदौ २० गतेबाट सात दिन थप गराउने भएको हो।
