भोटेकोशी बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना
काठमाण्डु– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना भोटेकोशी बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावितको स्वास्थ्य अवस्था बुझ्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेका छन्। नुवाकोट–१ का सांसदसमेत रहेका तिमिल्सिनाले अस्पताल पुगेर उपचाररत व्यक्तिहरूसँग प्रत्यक्ष भेट गर्दै स्वास्थ्य अवस्था र उपचारका क्रममा देखिएका समस्याबारे जानकारी लिएका हुन्।
