भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
काठमाडाैँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले गरेको निर्णयप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले हार्दिक स्वागत गरेको छ। सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण बनाउन सरकारले लिएको कदम अत्यन्त सकारात्मक रहेको नाडाले जनाएको छ।
