SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

नेपाल–भोट सन्धिको साक्षी ऐतिहासिक ढुंगा बाढीले बगायो

विदुर — दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको ऐतिहासिक ढुंगा त्रिशूलीमा आएको बिनाशकारी बाढीले बगाएको छ । नेपाल–भोट युद्ध अन्त्यपछि सन्धि गरिएको स्थानमा रहेको ऐतिहासिक ढुंगा भदौ १० गतेको बाढीले सन्धिस्थलबाट बगाएको हो । विदुर नगरपालिका–१० बेत्रावतीमा रहेको उक्त ढुंगा नेपाल र तिब्बतबीच भएको ऐतिहासिक बेत्रावती सन्धिको जीवित साक्षी थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी