एनसेलमा जिम्मेवारी हेरफेर, पूर्वजर्नेल बने चिफ अफ स्टाफ
काठमाण्डु – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा जिम्मेवारी हेरफेर भएको छ। एनसेलको मिडिया हेर्ने बिशाखा खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिइएको छ। यससँगै उनी सञ्चारमाध्यम तथा बजारीकरणसम्बन्धी जिम्मेवारीबाट बाहिरिएकी छन्। यस्तै एनसेलको चिफ अफ स्टाफको भूमिकामा सन्तोषकुमार ढकाल आएका छन्। ढकाल नेपाली सेनाका पूर्व मेजर जनरल हुन् ।
