त्रिशूली ३ ‘ए’ मा थप आवाज सुनियो, उद्धार तीव्र
काठमाण्डु – नुवाकोटको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जिवितै उद्धार गरिएपछि थप मानिसको आवाज सुनिएको छ । शुक्रबार बिहान दुई जनाको उद्धार गरिएको उक्त सुरुङबाट अन्य मानिसको पनि आवाज आएको र उद्धार कार्यलाई तीव्र पारिएको उद्धार टोलीले जनाएको छ ।
