आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाण्डु – वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
