SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

स्याफ्रुबेँसी पुगे भारतीय राजदूत नवीन श्रीवास्तव

काठमाण्डु– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित रसुवाको स्याफ्रुबेँसी पुगेका छन्। चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा फसेका मानिसको उद्धारमा खटिएको भारतीय प्राविधिक टोलीको कामबारे जानकारी लिन उनी स्याफ्रुबेँसी पुगेका हुन्। राजदूत श्रीवास्तवले स्याफ्रुबेँसीमा खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरी उद्धार कार्यको अवस्थाबारे जानकारी लिएको ‘एक्स’मार्फत जानकारी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी