संसद् बैठकमै ढले लेखा समिति सभापति खड्का
काठमाण्डु– प्रतिनिधिसभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत खड्का अचानक कुर्सीबाट ढलेका छन् । डोटीबाट निर्वाचित सांसद खड्का बिहीबारको बैठकमा आफ्नै स्थानमा बसिरहेका बेला एक्कासि ढलेका हुन् । त्यतिबेला रास्वपाका सांसद सोम शर्मा सदनमा बोलिरहेका थिए ।
