SHARE
कालिका खबर · बिहीबार १८ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत अनुगमन

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यअन्तर्गत बिहीबार बिहान ११ बजेसम्म नेपाली सेनाले विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको सकुशल उद्धार गरेको छ। विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र (टनेल) फसेकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको सेनाको भनाई छ। यसैबिच प्रधान सेनापति अशोकराज सिग्देलले सेनालगायत सम्बद्ध निकायहरूद्वारा संयुक्त रूपमा सञ्चालित खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्। त्रिशूली र सुरुङ लगायतका उद्धार क्षेत्रको निरीक्षण गर्दै उनले सबै सरोकारवाला निकायबिच प्रभावकारी समन्वय र सहकार्य गरी उच्च मनोबलका साथ कामलाई निरन्तरता दिन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।