SHARE
कालिका खबर · बुधबार १७ भौ २०८३ ०६:२३ PM · 1 मिनेट पढाइ

बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सूर्यज्योति लाइफको १ करोड सहयोग

काठमाडौँ । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। देशमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग रकम उपलब्ध गराएको जनाएको छ।