SHARE
कालिका खबर · बुधबार १७ भौ २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

धरानमा Ather को १३औँ Experience Center सञ्चालन, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

धरान । नेपालमा विद्युतीय मोबिलिटीप्रति बढ्दो आकर्षणसँगै Ather Nepal ले आफ्नो उपस्थिति थप विस्तार गरेको छ। नेपालका लागि Ather को आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ Ather Experience Center सञ्चालनमा ल्याएको हो। १७ भदौ २०८३ मा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त Experience Center को उद्घाटन कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा गरिएको थियो। नयाँ केन्द्र सञ्चालनमा आएसँगै नेपालमा Ather का Experience Center को संख्या १३ पुगेको छ।