यो विपत्तिमा लड्नुबाहेक हामीसँग अर्को विकल्प छैन, हामी लडिरहेका छौँ : प्रधानमन्त्री
काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमार्फत भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोक व्यक्त गरेका छन्। उनले भोटेकोसी बाढीबाट भएको क्षति रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो देशको छातीमा परेको बज्रपात भएको बताएका छन्।
