पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ९७ जना घाइते
काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् । बुधबार (भदौ १७) नेपाल प्रहरीले आइतबार (भदौ १६) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार सुनसरी, बारा, मकवानपुर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।
