SHARE
कालिका खबर · बुधबार १७ भौ २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

एभरेष्ट बैंक र कर्मचारीद्वारा ३ करोडभन्दा बढी सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरूले आर्थिक तथा राहत सामग्री सहयोग प्रदान गरेका छन्। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड एकाउन्न लाख रुपैयाँ र कर्मचारीहरूका तर्फबाट साठ्ठी लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ अठ्तीस पैसा गरी कुल तीन करोड एघार लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ अठ्तीस पैसा सहयोग गरेको छ। उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको छ।