अमेरिका र इरानबीच फेरि हानाहान : क्षेप्यास्त्रको छर्रा लाग्दा ४ जनाको मृत्यु, ५० बढी घाइते
काठमाण्डु– अमेरिकाले इरानमाथि पुनः हवाई हमला गरेपछि इरानले इराक, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको छ। इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा विवाह समारोह भइरहेको घरमा अमेरिकी क्षेप्यास्त्रको छर्रा लाग्दा एक बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
