SHARE
कालिका खबर · बुधबार १७ भौ २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

अपर त्रिशूली–३ ‘ए’मा उद्धार सुस्त, सुरुङभित्र फसेकाको जीवनरक्षाका लागि परिवारको गुहार

नुवाकोट । अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फको सुरुङमा फसेका करिब ४२ जनाको उद्धार कार्यमा ढिलाइ भएको भन्दै पीडित परिवारले तत्काल आधुनिक प्रविधि, पर्याप्त उपकरण र दक्ष जनशक्ति परिचालन गर्न सरकारसँग माग गरेका छन् । महेन्द्रविक्रम शाहीका बुवा शेरबहादुर शाहीले परिवारको तर्फबाट पठाएको विवरणअनुसार भदौ १० गतेदेखि उद्धार कार्य सुरु भए पनि भदौ १६ गतेसम्म अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन । उद्धारका लागि प्रयोग भइरहेका यान्त्रिक उपकरणमध्ये अधिकांश पुराना तथा सञ्चालनमा समस्या देखिएको परिवारको दाबी छ ।