बाढीपीडितको उद्धार र राहतका लागि सुनचाँदी रत्न तथा आभूषण महासंघको ‘एक व्यवसायी, एक हजार अभियान’
काठमाडौँ। देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले राहत तथा उद्धार अभियान सुरु गरेको छ। विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले बाढीपीडितको सहयोगका लागि ‘एक व्यवसायी, एक हजार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो। महासंघका महासचिव निर बहादुर विश्वकर्माका अनुसार भदौ १५ गते बसेको आकस्मिक अनलाइन बैठकले एकद्वार प्रणालीमार्फत राहत तथा उद्धार कार्य सञ्चालन गर्ने निर्णय गरेको छ।
