किया सोरेन्टो हाइब्रिड फेसलिफ्ट नेपाल आउँदै, मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ
काठमाडौं । कोरियन अटोमोबाइल ब्रान्ड कियाको लोकप्रिय एसयूभी सोरेन्टो हाइब्रिडको फेसलिफ्ट मोडल नेपाल आउने भएको छ। नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले किया सोरेन्टो एसयूभीको नयाँ संस्करण नेपाल ल्याउने तयारी थालेको हो। कम्पनीले नयाँ सोरेन्टो नेपाल भित्र्याउन आवश्यक प्रक्रिया सुरु गरिसकेको जनाएको छ। चाँडै बिक्री सुरु गर्ने तयारीस्वरूप कम्पनीले गाडीको अधिकतम खुद्रा मूल्यसमेत सार्वजनिक गरेको छ। नयाँ किया सोरेन्टो हाइब्रिडको मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। कियाले चौथो जेनेरेसनको सोरेन्टो फेसलिफ्टमा डिजाइनका हिसाबले व्यापक परिवर्तन गरेको छ।
