SHARE
कालिका खबर · मङगलबार १६ भौ २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि साइमेक्स बीवाइडीको ७ करोड सहयोग

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ। विनाशकारी बाढीका कारण धेरै परिवार तथा समुदायले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै साइमेक्स बीवाइडीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।