SHARE
कालिका खबर · मङगलबार १६ भौ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा एमालेको विशेष समिति परिचालित

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा (एमाले)ले गठन गरेको ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ परिचालित भएको छ। नेकपा (एमाले)ले भदौ १५ गते पार्टीका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो। समितिमा रहेका सदस्यहरूलाई प्रभावित जिल्लामा समन्वय गर्ने गरी कार्यविभाजनसमेत गरिएको पार्टीले जनाएको छ।