SHARE
कालिका खबर · मङगलबार १६ भौ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

रसुवामा रवि किरण हमालको खबरदारी : ‘उद्धारमा ढिलाइ नगरौँ, अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि तत्काल ल्याऔँ’

रसुवा । बाढी गएको दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा सक्रिय जेनजी अभियन्ता रवि किरण हमालले रसुवाको विपद् व्यवस्थापनलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। उनले तत्काल उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने र स्वास्थ्य सुरक्षा तथा विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि समेत योजनाबद्ध कदम चाल्नुपर्ने बताएका छन्। स्थानीय मेनाल्ड लामिछाने र उनका साथी सचिनसहित खाद्यान्न तथा केही मेडिकल सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका हमालले स्थलगत अवस्थाको अवलोकन गर्दै उद्धारका लागि आवश्यक उपकरण तथा प्रविधि पर्याप्त नभएको बताएका हुन्।