SHARE
कालिका खबर · मङगलबार १६ भौ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि रिलायबल नेपाल लाइफको ५१ लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले आफ्नो ९औँ वार्षिकोत्सवका अवसरमा मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम उपलब्ध गराएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र नायव प्रमुख कार्यकारी अधिकृत दिपेशबाबु तिवारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।