भोटेकोसी बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख सहयोग
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्यान्न सामग्री समेत सहयोग गरेको जनाएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
