एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान
काठमाडौं । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा (एमाले) द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ । नेकपा (एमाले)ले हिजो (२०८३ भदौ १५ गते) पार्टीका सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरी समितिमा रहेका सदस्यहरुलाई जिल्लामा संयोजन गर्ने गरी कार्यविभाजन समेत गरेको थियो ।
