चीनले आज नेपाललाई दोस्रो चरणमा ड्रोनसहित अत्यावश्यक राहत सामग्री पठाउँदै
काठमाण्डु– चीनले विपद्प्रभावित नेपालका लागि थप राहत सामग्री पठाउने तयारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार दोस्रो चरणमा मंगलबार राहत सामग्री पठाउने तयारी गरेको हाे । सहयोगमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश व्यवस्थापनका सामग्रीलगायत अत्यावश्यक राहत सामग्री समावेश छन्।
