SHARE
कालिका खबर · मङगलबार १६ भौ २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

कृष्णभिर पहिरो : १५ दिनभित्र पृथ्वीराजमार्ग खुलाउने तयारी

काठमाडौँ । भोटेकोशीको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दा पृथ्वीराजमार्गको कृष्णभिर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरेर १५ दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी गरेको हो। स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीले सडकको तल्लो भाग कटान गरेको र माथिल्लो भागमा चिरा परेकाले पहिरो खसेको जानकारी दिए। यो राजमार्ग देशको लाइफलाइन भएकाले उच्च प्राथमिकता दिएर काम अघि बढाइने उनले बताए।