SHARE
कालिका खबर · मङगलबार १६ भौ २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

रसुवागढी पावरहाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्नुपर्छ : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवागढी जलविद्युत आयोजनाको पावरहाउसमा फसेका कर्मचारीहरुको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै घिसिङले भदौ १४ गते आफूले टिमुरे, रसुवागढी टनेल र चिलिमे टनेलको स्थलगत रेकी गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायका अधिकारीसँग उद्धारबारे छलफल बताए । ‘भदौ १४ गते म आफै टिमुरे, रसुवागढी टनेल, चिलिमे टनेल रेकी गरेर फर्केपछि धुन्चेमा सुरक्षा निकायहरूसँग छलफल भए अनुसार हिजो भदौ १५ गते नेपाल आर्मीको टोलीले रसुवागढीको पावरहाउस जाने पहुँच टनेलभित्र २५० मिटरसम्म जाने काम भएको छ ।