SHARE
कालिका खबर · मङगलबार १६ भौ २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

जनकपुरधाम । रसुवा जिल्लामा आएको बाढीमा परेका पीडितहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भनी ठाउँठाउँमा विभिन्न संघसंस्थाहरुद्वारा भइरहेको राहत संकलन कार्यमा सिरहा प्रशासनले रोक लगाएको छ । बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि भन्दै व्यक्तिगत, संघसंस्था वा समूहले स्वेच्छिक रूपमा राहत सामग्री संकलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गर्दै रोक लगाएको हो । राहतको संकलनको नाममा दुरुपयोग हुनसक्ने भएकाले यसलाई नियन्त्रण गर्ने उद्देश्यले रोक लगा?इएको प्रशासनले जनाएको छ ।