पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ । नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए। “शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका बाँकी शवलाई जमिनमुनि व्यवस्थापन गर्छौं”, उनले भने,“डिएनए नमूना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम हुन्छ ।
