भोटेकोशी बाढीपीडितका लागि राखिएका खाद्य सामग्रीको गुणस्तर सन्तोषजनक
काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराइने खाद्य पदार्थको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धमा संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा राहतका लागि भण्डारण गरिएका खाद्य पदार्थको अवस्था सन्तोषजनक पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा २०८३ भदौ १३ गते संयुक्त अनुगमन गरिएको हो। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, विश्व खाद्य कार्यक्रम नेपाल तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रतिनिधिहरू सहभागी थिए।
