SHARE
कालिका खबर · सोमबार १५ भौ २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

बाढीको कारण देखाउँदै जेनजीले लिए आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । ‘कमन जेन–जी नेपाल’ले आउँदो भदौ २३ गते गर्ने भनेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । संघर्षका कार्यक्रम फिर्ता लिदै जेनजी युवाहरु अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेको छ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आज प्रेस विज्ञप्ति जारी गर्दैै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भई पुरै देश शोकको घडीमा रहेकाले पूर्वघोषित संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर पीडितको सहयोगमा जुटने जनाएका छन् ।