उद्धार र राहतमा जुट्न ज्ञानेन्द्र शाहीको अपिल
काठमाडौं। राष्ट्र्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश/विदेशमा रहेका सम्पूर्ण नेपालीलाई अपिल गरेका छन्। सञ्चारमाध्यमहरूमा ठूलो सङ्ख्यामा नागरिक बेपत्ता रहेको सूचना सार्वजनिक भइरहेको भन्दै उनले यो कठिन समयमा दलीय घेराभन्दा माथि उठेर सबैले हातेमालो गर्दै नागरिकको जीवन रक्षामा केन्द्रित हुनुपर्ने बताएका हुन्। नेता शाहीले नागरिकसँग भएको सीप, क्षमता, स्रोत र साधनलाई अहिले देश र बाढीपहिरो पीडितको सेवामा लगाउन आग्रह गरेका छन्।
