नेपालको विपद्मा भारतको अभूतपूर्व साथ, वरुण चौधरीले भने ‘संकटले फेरि प्रमाणित गर्यो नेपाल–भारत सम्बन्धको गहिराइ’
काठमाडौं । नेपाल विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेका बेला उद्योगपति डा. वरुण चौधरीले भारतबाट प्राप्त तत्काल राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन्। सीजी कर्प ग्लोबल तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भिडियो सन्देशमार्फत विपद्को कठिन घडीमा भारतले देखाएको साथले नेपाल–भारतबीचको गहिरो मित्रता र सम्बन्धलाई फेरि उजागर गरेको बताएका हुन्। “कठिन समयमा प्राप्त यस्तो साथले नेपाल र भारतबीच रहेको गहिरो मित्रता एकपटक फेरि उजागर गरेको छ,” चौधरीले भनेका छन्।
