४ दिनमा १५ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो ९ हजार ५ सय रुपैयाँ घटेको सुनको भाउ आजपनि २ हजार ४ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ४ दिनमा सुनको भाउ १५ हजार ५ सय रुपैयाँ घटेको छ।
