कांग्रेसले सदस्यता अद्यावधिकको समय ५ दिन थप्यो
काठमाडौँ : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुट भएका सदस्यका लागि थप पाँच दिनको समय दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समुपस्थितिमा पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले भदौ १५ देखि १९ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न सकिने निर्णय गरेको हो ।
