रसुवा बाढीप्रति रुवान्डामा रहेका नेपालीको दुःख व्यक्त, दीप प्रज्वलन गरी श्रद्धाञ्जली
काठमाडौं । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट नेपाली तथा विभिन्न देशका नागरिकहरूमा पुगेको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति रुवान्डामा रहेका नेपाली समुदायले गहिरो दुःख व्यक्त गरेको छ। रुवान्डामा रहेका सम्पूर्ण नेपालीहरू मातृभूमि तथा बाढीपीडित परिवारहरूको दुःखमा साथ रहेको जनाउँदै एनसीसी एनआरएनए रुवान्डाका अध्यक्ष विकास डंगोल महर्जनले दिवङ्गत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। यस दुःखद घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै रुवान्डामा रहेका नेपाली समुदायले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको जनाएको छ।
