भोटेकोशी बाढी : खोज, उद्धार र पुननिर्माण समन्वयका लागि रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय
काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार, राहत र पुनर्निर्माणका लागि रियम टाइम अपडेट सिस्टम निर्माण थालेको छ। ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा रियल टाइम अपडेटको लागि सिस्टम बनाउन निर्देशन दिएका हुन्।
