SHARE
कालिका खबर · सोमबार १५ भौ २०८३ ०१:११ AM · 1 मिनेट पढाइ

आज देशभर वर्षाको सम्भावना, कोसी र वाग्मतीमा धेरै भारी वर्षाको चेतावनी

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको पूर्वानुमान छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको हुँदा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।