प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने कांग्रेसको निर्णय
काठमाण्डु – नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आईतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले १ करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।
