भोटेकोशीमा पानी घटेसँगै बाढीको खतरा टर्यो (सूचनासहित)
काठमाण्डु – भोटेकोशी नदीमा बाढीको बहाव घटेपछि रसुवा, नुवाकोट र धादिङमा बाढीको जोखिम हटेको छ । आइतबार बिहान भोटेकोशीमा पानीको बहाब बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
