SHARE
कालिका खबर · शनिबार १३ भौ २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

परिवारसँग नाडा अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल÷मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा छुट्न नहुने ठाउँ हो। गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गर्छ। तर, नाडाले पहिलो पटक ‘मेड इन नेपाल÷मेड फर नेपाल’ को छुट्टै पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता दिएको छ।