आपूर्तिमन्त्री यादव र साउदी अरबका राजदूत मोनैखिरलेबिच भेटवार्ता
काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मोनैखिरलेबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री यादवले रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गरेकी छन् ।
