SHARE
कालिका खबर · शनिबार १३ भौ २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

त्रिशूली ३ ‘ए’को सुरुङमा फसेकाको उद्धारको प्रयास जारी, ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौं । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ । सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ । टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।