गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आयाे
काठमाण्डु– भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बुधबारदेखि अवरुद्ध रहेको राजमार्गमा थुप्रिएको लेदो पन्छाएसँगै शुक्रबार साँझदेखि सञ्चालनमा आएको हो । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो ।
